22 Oct, 2024, Tue ddcdoti094@gmail.com (+९७७)-०९४-४२०१५६
/ संक्षिप्त परिचय

संक्षिप्त परिचय

अध्यावधिक मिति २०८१ जेठ २० गते आइतबार

 

जिल्ला समन्वय समितिमा निर्वाचित जनप्रतिनिधिहरुको नेतृत्वदायी भूमिका रहेको हुन्छ ।नेपालको संविधान २०७२ को धारा २२० मा भएको व्यवस्था बमोजिम जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाहरुबीच समन्वय गर्न जिल्ला समन्वय समितिको गठन भएको हो ।जिल्ला समन्वय समितिमा एक जना प्रमुख,एक जना उपप्रमुख,कम्तिमा तिन जना महिला र कम्तिमा एक जना दलित वा अल्पसंख्यक गरि बढीमा नौ जना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन हुने व्यवस्था छ ।डोटी जिल्ला समन्वय प्रमुख,उपप्रमुख र सात जना सदस्य गरि जम्मा नौ जना पदाधिकारी रहनुभएको छ । समितिको बैठक प्रत्येक महिनाको कम्तिमा दुई पटक र आवश्यकता अनुसार अन्य बैठक समेत बस्ने गरेको छ । सङ्घीय सरकार,प्रदेश सरकारद्धार प्राप्त निर्देशन तथा जिल्ला समन्वय समितिबाट भएका निर्णयहरुको कार्यान्वयन तथा दैनिक प्रशासन सञ्चालनका लागि जिल्ला समन्वय समितिको कार्यालय रहेको छ । कार्यालय प्रमुखको रुपमा जिल्ला समन्वय अधिकारी(निजामती) हुने व्यवस्था रहेको छ । नेपालको संविधानका साथै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९२ ले जिल्ला समन्वय समितिले गर्ने कार्य निर्दिष्ट गरेको छ । 

थप सूचनाहरु

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ आश्विन २५ गते शुक्रबार